जनकपुरधाम,२७ असोज l
मधेस) सरकारले प्रदेश प्रहरीको लागि ऐन पारित गरेको छ । सरकारले संघीय प्रहरी ऐन नल्याउँदै प्रदेश सरकार २ ले प्रदेश प्रहरी ऐन पारित गरेको छ ।
शनिबार भएको प्रदेश सभा बैठकले बहुमतका साथ प्रदेश प्रहरी ऐन पास गरेको हो ।बहुमतले पारित गरेको प्रदेश प्रहरी ऐनलाई नेकपाका प्रदेश सांसदहरुले असन्तुष्टि जनाएको छ ।
उनीहरुले सैद्धान्तिक रुपमा प्रदेश प्रहरी ऐन चाहिन्छ भन्ने मान्याता भए पनि आवश्वक रुपमा छलफल नभएको बताएका छन् ।प्रदेश प्रहरी ऐन पारित गराउन कांग्रेस, राजपा र संघीय फोरम नेपालका सांसदहरुले सहमति जनाएका थिए । प्रदेश दुईमा भएका १०७ जना सांसदमध्ये ७५ जना सांसदले पारित गर्ने पक्षमा मत राखेपछि बहुमतले प्रदेश प्रहरी ऐन पारित गरिएको हो ।
तपाईको प्रतिक्रिया