भूत हुँदैन भनेर विश्वास दिलाउन सांसद मसानघाटमै सुते तीन रात

   
395   पटक पढिएको

भूत हुँदैन भनेर विश्वास दिलाउन आन्ध्रप्रदेशका एक प्रदेश सांसदले तीन रातसम्म मसानघाटमै ओछ्यान लगाएर सुतेका छन्।

आन्ध्रप्रदेशको पोलाकल्लुस्थित एक मसानघाटलाई आधुनिकीकरण गर्ने प्रयास मजदूरहरूको डरका कारण असफल भएपछि सांसदले यस्तो उपाय अपनाएका हुन्।

आन्ध्रप्रदेशस्थित पोलाकल्लुका सांसद निम्मला रामा नायडूले यस्तो उपाय अपनाउन आफू बाध्य भएको बताए।

‘पुरानो मसानघाटलाई आधुनिकीकरण गर्न खोजेका थियौं,’ उनले भने, ‘तर, अन्धविश्वासका कारण मजदूरहरू त्यहाँ जानै मानेनन्।’

उक्त मसानघाटमा लगातार लाशहरू आइरहने र पुरै नजलेका टुक्राहरूले गर्दा मजदूरहरू तर्सिएर जान मानेका थिएनन्।

उनी तीन दिनसम्म मसानघाटमै सुत्ने मात्र नभइ खाने र नुहाउने काम गरेका थिए।

मसानघाटमै झुलसहितको ओछ्यान लगाएर सांसद सुतेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

सांसदले यसरी तीन दिनसम्म मसानघाटमै सुतेर देखाएपछि अहिले त्यहाँ पचासभन्दा बढी मजदूरहरू काम गर्न थालेका छन्।

राज्य सरकारले ३ करोड रुपैयाँ उक्त मसानघाट आधुनिकीकरण गर्न बजेट दिएपछि निर्माण सुरू गर्दा यसरी डरका कारण व्यवधान आएको थियो।

नायडूको यो कदमलाई केरेलाका मुख्यमन्त्री पिनारायी विजयनले प्रशंसा गर्दै आफ्नो ट्वीटर र फेसबुकमा उनका तस्बिरहरू समेत पोस्ट गरेका छन्।

मुख्यमन्त्रीले लेखेका छन्, ‘यो प्रयास स्थानीय तवरमा मात्र होइन राष्ट्रकै ध्यान आकर्षित हुन जरूरी छ। किनभने उनले सर्वत्र व्याप्त अन्धविश्वासको विरुद्ध आफूलाई उभ्याएका छन्।’

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

न्यायालयमा नियुक्तिबारे ट्रम्पको प्रस्तावपछि अमेरिकामा व्यापक विरोध

१९ असोज, न्यायालयमा नियुक्तिबारे ट्रम्पको प्रस्तावपछि अमेरिकामा व्यापक विरोध

दक्षिण कोरियाका पूर्वराष्ट्रपति बाकलाई १५ वर्ष जेल सजाय

१९ असोज दक्षिण कोरियाका पूर्वराष्ट्रपति बाकलाई १५ वर्ष जेल सजाय

ट्रम्पमाथि यौन हिंसा प्रकरणः महिलाको मजाक उडाएको भन्दै चर्को आलोचना

१८ असोज ट्रम्पमाथि यौन हिंसा प्रकरणः महिलाको मजाक उडाएको भन्दै चर्को आलोचना


विचार/ब्लग

केपी ओली र डा. गोविन्द केसी दुबै नहार्ने बाटो

यसरी खोज्न सकिन्छ चिकित्सा शिक्षाको समस्या

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसदको रोष्टममा उभिएर सोधे, ‘विगतमा एओआई दिएर पूर्वाधारमा लगानी गरी स्वास्थ्य मन्त्रालयको ०७० को मापदण्डमा टेकेर काम गरिसकेकाहरुको सन्दर्भमा के गर्ने ?