यथार्थ राजनीति सेवाको सब भन्दा ठुलो माध्यम : ओम प्रकाश सरार्फ

   
485   पटक पढिएको

यथार्थ राजनीति सेवाको सब भन्दा ठुलो माध्यम हो । अन्य युगहरुमा जङ्गलमा तपस्या गरिन्थ्यो भने यो युगमा स्वच्छ राजनीतिको माध्यमले समाज मै तपस्या गरिन्छ।राजनीति सब भन्दा पबित्र र कुसल कर्म भए पनि यसलाई केहि अराजनीतिक चरीत्रका ब्यक्तिको कारणले बदनाम हुँदै गएको छ।

कसैलाई आर्थिक आम्दानीरलाभ गर्नु छ भने जागीर,नोकरी ब्यवसाय गर्नु पर्ने हो ना कि राजनीतिको माध्यमले धन आर्जन गर्ने हो ।
निष्ठाको राजनीति गर्ने ब्यक्ति सामाजिक सरोकार,जन चाहनाको भावना एवं जनताको सेवालाई प्राथमिकतामा राखेर आफ्ना योग्यता,क्षमता र सक्रियता प्रदर्सन गर्छ।तर बिडम्बना जनताको निस्वार्थ सेवाको कसम खाएक जन प्रतिनिधिहरु आफ्ना तलब,भाता सेवा सुबिधाका लागी खुल्ला दवाब दिन थालेका छन्,यहाँ सम्मको तलब,भत्ताको अधिकतम उपलब्धताको लागी आन्दोलन गर्न थालेका छन्।

गुणस्तरीय बिकास निर्माण एवं सुशासनका अभिभारा बोकेकाहरु कमिसन खाएर बिकासको नाममा लुटतन्त्र मचाएका छन्।
यसरी  संघीय लोकतान्त्रिक गणतन्त्र लुटतन्त्रमा परिनत भएको छ।आर्थिक,समाजिक,राजनीति,प्रसासनिक मुलधारबाट बन्चित समुदाय यो तन्त्रबाट पनि मुलुक आफ्नै हो अनुभिती प्राप्त गर्ने नसक्नुले फेरि आर्को जन बिद्रोह हुने सम्भावनालाई दिशा निर्देश गर्दै छ।

आम जनताको खुसी,स्वतन्त्रता एवं समानताको साथ बाच्न पाउने,जीवन यापन गर्न पाउने अधिकारबाट बन्चित गर्दै निरंकुश शासन ब्यवस्था लादने जहाँनिय राणा शासन विरुद्ध लडेर सफलता हात पारे त्यस पछि पनि आम जनताले आफ्नो तन्त्र महसुस गर्न सकेन,त्यस पछि बहुदलीय ब्यवस्थाको लागी लडे  आफ्नो सुनौलो भबिस्यको आशाको लागी तै पनि परिवर्त्तित शासन ब्यवस्थाले पनि आम जनताको अनुहारमा खुसियाली ल्याउन सकेन।

त्यस पछी पुर्व राजा ग्यानेन्द्रको “कु“पछि गन्तन्त्रको लागी लडे राजा ग्यानेन्द्रको शासन ब्यवस्था त समाप्त भयो तर स(साना राजाहरु तस्कर,माफिया,दलाल,भ्रष्टाचारिको रुपमा उदाए।स्वशासनको लागी संघीयता सहितको पहिचानको लागी मधेस बिद्रोह भयो।यी आन्दोलनहरुमा सयौं सहिद भए,हजारौं घाइते भए, फल स्वरुप संघीय लोकतान्त्रिक गन्तन्त्रको स्थापना त भएको छ।यी ब्यवस्था परिवर्तनहरुले केहि ब्यक्ति,केहि समुहको त ब्यक्तिगत र पारिवारिक अवस्थामा नाटकीय परिवर्तन आयो तर आम जनता,किसान,मजदुर,युवा,सीमान्तकृत समुदायको दिनचर्यामा सकारात्मक परिवर्तन आउने आशा अपेक्षा र सम्भावना देखिएको छैन ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

न्यायालयमा नियुक्तिबारे ट्रम्पको प्रस्तावपछि अमेरिकामा व्यापक विरोध

१९ असोज, न्यायालयमा नियुक्तिबारे ट्रम्पको प्रस्तावपछि अमेरिकामा व्यापक विरोध

दक्षिण कोरियाका पूर्वराष्ट्रपति बाकलाई १५ वर्ष जेल सजाय

१९ असोज दक्षिण कोरियाका पूर्वराष्ट्रपति बाकलाई १५ वर्ष जेल सजाय

ट्रम्पमाथि यौन हिंसा प्रकरणः महिलाको मजाक उडाएको भन्दै चर्को आलोचना

१८ असोज ट्रम्पमाथि यौन हिंसा प्रकरणः महिलाको मजाक उडाएको भन्दै चर्को आलोचना


विचार/ब्लग

केपी ओली र डा. गोविन्द केसी दुबै नहार्ने बाटो

यसरी खोज्न सकिन्छ चिकित्सा शिक्षाको समस्या

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसदको रोष्टममा उभिएर सोधे, ‘विगतमा एओआई दिएर पूर्वाधारमा लगानी गरी स्वास्थ्य मन्त्रालयको ०७० को मापदण्डमा टेकेर काम गरिसकेकाहरुको सन्दर्भमा के गर्ने ?