युवतीको भेषमा बिहे गर्दै ठगी !

   
117   पटक पढिएको

धनकुटा, वैशाख १८ । युवक र युवतीबीच विवाह हुनु सामान्य कुरा हो तर, युवकले युवतीको भेष बदलेर युवकसँगै विवाह गरेको घटनालाई भने सामान्य रुपमा लिन सकिन्न ।

धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकास्थित छिन्ताङमा यस्तै खालको असामान्य घटना भएको छ । ठग्ने उद्देश्यले युवतीको छद्मभेष धारण गरेर एक युवकले अर्का युवकसँग विवाह गरेको घटना सार्वजनिक भएपछि गाउँले आश्चर्यचकित भएका छन् ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ वर्षीय राजकुमार राईले युवतीको भेष बदलेर छिन्ताङ मूलधावाका २७ वर्षीय विपीन राईसँग विवाह गरेका हुन् ।

हेर्दा युवतीजस्तो देखिने ती युवकले नाटकीय शैलीमा ठगी गरेको पाइएको धनकुटाका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।

विपीन वैदेशिक रोजगारीका लागि भारतमा भएका बेला फेसबुकमार्फत उनीहरुबीच चिनजान भएको थियो । राजकुमारले युवतीजस्तो बनेर विपीनसँग सम्बन्ध विस्तार गरे । विपीन स्वदेश फर्किएपछि उनीहरुले भागी विवाह गरेका हुन् । –राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

न्यायालयमा नियुक्तिबारे ट्रम्पको प्रस्तावपछि अमेरिकामा व्यापक विरोध

१९ असोज, न्यायालयमा नियुक्तिबारे ट्रम्पको प्रस्तावपछि अमेरिकामा व्यापक विरोध

दक्षिण कोरियाका पूर्वराष्ट्रपति बाकलाई १५ वर्ष जेल सजाय

१९ असोज दक्षिण कोरियाका पूर्वराष्ट्रपति बाकलाई १५ वर्ष जेल सजाय

ट्रम्पमाथि यौन हिंसा प्रकरणः महिलाको मजाक उडाएको भन्दै चर्को आलोचना

१८ असोज ट्रम्पमाथि यौन हिंसा प्रकरणः महिलाको मजाक उडाएको भन्दै चर्को आलोचना


विचार/ब्लग

केपी ओली र डा. गोविन्द केसी दुबै नहार्ने बाटो

यसरी खोज्न सकिन्छ चिकित्सा शिक्षाको समस्या

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसदको रोष्टममा उभिएर सोधे, ‘विगतमा एओआई दिएर पूर्वाधारमा लगानी गरी स्वास्थ्य मन्त्रालयको ०७० को मापदण्डमा टेकेर काम गरिसकेकाहरुको सन्दर्भमा के गर्ने ?