सर्वोच्चको निर्णयले मधेशमा नयाँ तरंग ,संविधान संसोधन विना राजपा चुनावमा नजाने केन्द्रिय कमिटीको निर्णय : नगर अध्यक्ष ओम प्रकाश सरार्फ

   
3313   पटक पढिएको

वीरगंज,२६ साउन
 सर्वोच्च अदालतले मधेशमा स्थानिय तहको संख्या बढाउने विरुद परेको रिट खारेज गर्दै संख्या थप हुने सुनिश्चित गरेपछि मधेशमा आगामी चुनावमा राजपाले भाग लिने भने नयाँ तरंग छाएको छ ।
 धेरै संचार माध्यमले सर्वोच्चको यो निर्णयसंगै संविधान संसोधन बाहेक राजपाको सम्पुर्ण माग पुरा भएको सामाचार प्रकाशित गरेपनि राजपाले आफनो आधिकारीक धारणा सार्वजनिक गरेको छैन । 
सर्वोच्चको यो निर्णय र राजपा चुनावमा सहभागि हुने बारे राजपाका वीरगंज नगर अध्यक्ष ओम प्रकाश सरार्फले भने सर्वोच्चको निर्णय आन्दोलनको एक सफलताको कडि हो  तर संविधान संसोधन विना राजपा चुनावमा जादैन केन्द्रिय कमिटीको निर्णय नै भएको छ । 
नगर अध्यक्ष सरार्फले राजपाको मुख्य बटमलाईन संविधान संसोधन भएकोले संसोधन विना चुनावमा जाने कुनै निर्णय नभएको जानकारी दिनुभयो । संविधान संसोधन विना राजपाले कुनै पनि हालतमा चुनावमा सहभागि नहुने जनाउदै असोज २ को चुनाव जसरी पनि विथोल्न छिटै नै पार्टीले आन्दोलनको घोषणा गर्ने बताउनुभयो ।
 अध्यक्ष सरार्फले संविधान संसोधन विना चुनावमा गए मधेशी जनता र सहिदको अपमान हुने भन्दै राजपाले मधेशीको भावनासंग खेलवाड नगर्ने बताउनुभयो ।

राजपालाई सताको लोभ भन्दा मधेशी जनताको अधिकारको चिन्ता रहेको जनाउदै जबसम्म मधेशी जनताले अधिकार पाउदैन तबसम्म राजपाले चुनावमा भाग नलिने बताउनुभयो । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

कोफी अन्नानको निधनमा विश्वभरका नेताहरुले दिए श्रद्धाञ्जली

कोफी अन्नानको निधनमा विश्वभरका नेताहरुले दिए श्रद्धाञ्जली

कस्तो थियो बाजपेयी–मोदी सम्बन्ध !

कस्तो थियो बाजपेयी–मोदी सम्बन्ध !

अफगानिस्तानको शैक्षिक केन्द्रमा गराइएको बम विस्फोटमा परी ४८ जनाको मृत्यु

३१ साउन अफगानिस्तानको शैक्षिक केन्द्रमा गराइएको बम विस्फोटमा परी ४८ जनाको मृत्यु


विचार/ब्लग

केपी ओली र डा. गोविन्द केसी दुबै नहार्ने बाटो

यसरी खोज्न सकिन्छ चिकित्सा शिक्षाको समस्या

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसदको रोष्टममा उभिएर सोधे, ‘विगतमा एओआई दिएर पूर्वाधारमा लगानी गरी स्वास्थ्य मन्त्रालयको ०७० को मापदण्डमा टेकेर काम गरिसकेकाहरुको सन्दर्भमा के गर्ने ?